• खेलकुद

    आजदेखि आईपीएल, उद्घाटन खेलमा चेन्नाई र बैंगलोर भिड्दै

     22 Views
    आजदेखि आईपीएल, उद्घाटन खेलमा चेन्नाई र बैंगलोर भिड्दै

    नयाँदिल्ली– स्टार क्रिकेटरले भरिएको संसारकै अत्यधिक दर्शकले हेरिने बहुचर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण आजदेखि भारतको चेन्नईमा सुरु हुँदैछ । भारतको विभिन्न शहरमा खेलाईने आईपीएलको उद्घाटन शनिबार साँझ ८ः१५ बजे हुनेछ । उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।

    चेन्नईको कप्तानमा भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी छन् । बैंगलोरको कप्तानमा भारतीय कप्तान विराट कोहली रहेका छन् । स्टार खेलाडीले भरिएको दुवै टोली जित निकालेर प्रतियोगिता शुरु गर्न चाहन्छन् ।

    आईपीएलमा आठ टोलीबीच डबल राउण्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिगको शीर्ष चार टोलीले प्ले अफ खेल्नेछन् । नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले आइतबार मुम्बई इन्डियन्ससँग पहिलो खेल खेल्नेछ । दिल्ली क्यापिटल्सले जानकारी गराए अनुसार सन्दीपले शुरुवाती खेलबाटै अवसर पाउने भएका छन् ।

    आईपीएलमा यस सिजन सहभागी टोलीमा चेन्नई सुपर किंग्स, सनराईजर्स हैदरावाद, रोयल च्यालेंजर्स बैंगलोर, दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स इलाभेन पन्जाब, कोलकता नाइटराइडर्स र मुम्बई इन्डियन्स रहेका छन् ।

     

    यसमा तपाइको मत

    Facebook Comment