• +977 1 4410478

  • info@onlinesamaya.com

  • शिक्षा तथा संस्कृति

    प्राविधिक शिक्षा सञ्चालन गर्न महायज्ञ

     43 Views

    बेझाड

    १८ मंसिर, २०७६

    पाल्पामै पहिलो पटक प्राविधिक शिक्षातर्फ अटोमोबाइल्स शिक्षा सञ्चालनका लागि तिनाउ माविमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन भएको छ ।

    तिनाउ गाउँपालिका–३ झुम्सामा गत मङ्सिर ११ गतेदेखि सञ्चालन भएको महायज्ञमा हालसम्म रु एक करोड बढीको दान सङ्कलन भएको प्रधानाध्यापक झवीन्द्र ज्ञवालीले जानकारी दिएका छन । सांसद सोमप्रसाद पाण्डेले आगामी आर्थिक वर्ष रु ३० लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । त्यस्तै प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेशसभा सदस्य डा पुरनमान बज्राचार्य र तुलाराम घर्तीमगरले प्रदेश सरकारबाट भवन निर्माणका लागि रु एक करोड २८ लाख उपलब्ध गराउने प्रतिबद्धता गरेका छन । तिनाऊ गाउँपालिकाले यो वर्ष र आगामी वर्ष गरी रु एक करोड १८ लाख बजेट भवन निर्माणका लागि विद्यालयलाई उपलब्ध गराउने घोषणा गरेको छ ।

    प्राविधिक शिक्षातर्फ १८ महिने अटोमोबाइल्स शिक्षा सञ्चालन गर्न रु सात करोड ४१ लाख बराबरको भौतिक संरचना निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।  मङ्सिर १८ गतेसम्म चल्ने महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले सङगीतमय शैलीमा कथावाचन गरेका छन । महायज्ञ अवधिभर स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट रु पाँच करोड र स्थानीय, विभिन्न सामाजिक सङ्घ संस्था, व्यक्ति, श्रद्धालु भक्तजनबाट गरी रु दुई करोडसम्म दान सङ्कलन गर्ने लक्ष्य रहेको विद्यालयले जनाएको छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment