• +977 1 4410478

  • info@onlinesamaya.com

  • Uncategorized

    पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु गरिएको एकीकरण अभियान सफल: राष्ट्रपति भण्डारी

     31 Views
    पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु गरिएको एकीकरण अभियान सफल: राष्ट्रपति भण्डारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

    प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले पृथ्वी जयन्तीका अवसरमा पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन व्यक्त गर्दै सम्पूर्ण नेपालीहरुमामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

    ‘नेपाल प्राचीनकालदेखि नै स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रुपमा रहिरहन हाम्रा पूर्वजहरुको वीरता, कार्यकुशलता र बुद्धिमत्तापूर्ण भूमिका रहेको छ । पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु गरिएको एकीकरण अभियान अन्ततः सफल भयो’, विज्ञप्तिमा भनिएको छ ।

    साथै राष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहको जीवन्त दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै यो ऐतिहासिक दिनमा राष्ट्रिय एकतालाई सुदृढ पार्दै सबै अघि बढ्नु पर्नेमा जोड दिनुभएको छ ।

    यसमा तपाइको मत

    Facebook Comment