• +977 1 4410478

  • info@onlinesamaya.com

  • Uncategorized

    समाजवादी पार्टी पाँच नम्बर प्रदेश समितिले गर्यो विभिन्न पदमा नेतालाई मनोनयन

     35 Views
    समाजवादी पार्टी पाँच नम्बर प्रदेश समितिले गर्यो विभिन्न पदमा नेतालाई मनोनयन

    काठमाडौं । समाजवादी पार्टी प्रदेश समिति प्रदेश नम्बर ५ को पदाधिकारी बैठकले विभिन्न पदमा पार्टी नेताहरुलाई मनोनयन गरेको छ ।

    पार्टीले प्रदेश ५ मा संगठनलाई बलियो बनाउनको लागि नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको जनाएको छ । बैठकले पार्टी प्रदेश सल्लाहकार समिति प्रमुखमा सुधाकर मिश्रा, विज्ञ परिषद् प्रमुखमा अब्दुल रहमान खाँ, निर्वाचन आयोग प्रमुखमा जगतराम यादव,अनुशासन आयोग प्रमुखमा विपिन पौडेल र लेखा आयोग प्रमुखमा कौशल धोवीलाई मनोनयन गरेको छ ।

    पार्टी प्रदेश ५ अध्यक्ष अशोककुमार यादवको अध्यक्षता, प्रदेश ईन्चार्ज दानबहादुर चौधरीको प्रमुख आतिथ्यता तथा सह ईन्चार्जहरु मोहम्मद वकिल मुसलमान, चिनक कुर्मी र नवीन सुनुवारको विशिष्ट आतिथ्यतामा सम्पन्न वैठकले पार्टी संगठन विभागमा पार्टी प्रदेशमा मुख्य सचिव यज्ञ पोख्रेल, स्थानीय तह विभागमा सन्दीप पान्डेय, स्कुल (प्रशिक्षण) विभाग प्रमुखमा मनिकर कार्की, पार्टी प्रदेश ५ को प्रवक्तामा अकरम पठानलाई र पार्टी प्रदेश समिति सदस्यमा रुपन्देही निवासी शैलेन्द्र पान्डेयलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

    बैठकले रुपन्देही जिल्ला सह–ईन्चार्जमा पंकज राई, किस्मत वि।क।, रुपा मल्ल र रमजान फकिर तथा दाङ सह–ईन्चार्जमा टोपबहादुर महतारालाई मनोनयन गरेको छ ।

    यस्तै, कपिलवस्तु जिल्ला सह–ईन्चार्जमा बजरंगी चौधरी र गीता श्रीवास्तवलाई मनोनयन गरिएको छ । बैठकले थारु र मगर समुदायको महान् पर्व माघीरमाघे संक्रान्तिको अवसरमा थारु र मगरसहित समस्त नेपालीमा शुभकामना दिएको पार्टी अध्यक्ष अशोककुमार यादवले बताए ।

    बैठकले पार्टी केन्द्रीय समितिले संगठन विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने कार्यक्रमको शुभारम्भ माघ ३ गते कपिलवस्तुको तौलिहवामा भब्य कार्यक्रमको आयोजना गरि सम्पन्न गर्ने, माघ ४ गते पार्टी संसदीय दलको बैठक बसि प्रदेश ५ मा सरकारलाई दिएको समर्थन फिर्ता लिने सन्दर्भमा छलफल गर्ने र पार्टीको नीति सिद्धान्त र विचार मिल्नेसँग वार्ता र छलफल गरि पार्टी प्रवेश गराउन पार्टी प्रदेश अध्यक्ष अशोककुमार यादवको संयोजकत्वमा उपाध्यक्ष विजयबहादुर यादव र मुख्य सचिव यज्ञ पोख्रेल सहितको ३ सदस्य पार्टी ध्रुवीकरण समिति गठन गरिएको छ ।

    यसमा तपाइको मत

    Facebook Comment