Warning: Error while sending QUERY packet. PID=2899 in /home/onlinesamaya/public_html/wp-includes/wp-db.php on line 2007
Onlinesamaya.com | Nepal News Portal, Business, Hot News, Interview, Opinions, Politics, Science, Technology, Social, Media, Sports, Youth, Model Watch, Movies
  • +977 1 4410478

  • info@onlinesamaya.com

  • विश्व

    अमेरिकामा आएको भीषण आँधीमा परेर ११ जनाको मृत्यु

     36 Views
    अमेरिकामा आएको भीषण आँधीमा परेर ११ जनाको मृत्यु

    एजेन्सी । दक्षिणी अमेरिकामा आएको भीषण आँधीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ । आँधीले तेज हावा र ठूलो वर्षा निम्त्याएको छ । अलाबामा, लुइजियाना र टेक्सस राज्यमा मृत्युका घटना भएको विवरण आएका छन् ।

    आँधीका कारण विद्युत्‌ आपूर्ति अवरुद्ध हुँदा दशौँ हजार मानिस प्रभावित भएका छन् । केही घरहरू ध्वस्त भएका छन् भने कतिपय सडक डुबानमा परेका छन् ।

    टोर्नेडो आउने भनेर शनिवार कैयौँ चेतावनी जारी गरिएका थिए । अलाबामा चाहिँ सबैभन्दा जोखिममा रहेको बताइएको छ ।मध्यपश्चिमी क्षेत्रमा हिमपात हुने अनुमान गरिएको छ भने शिकागोका प्रमुख दुई विमानस्थलमा शनिवार सयौँ उडान रद्द गरिएका छन् ।

    अलाबामाको बर्मिङ्घमस्थित एनडब्ल्यूएसको कार्यालयले मृत्युबारे ट्विटरमार्फत्‌ जानकारी गराउँदै भनेको छ, ‘यी चेतावनीहरूलाई गम्भीरतापूर्वक लिन आग्रह गरिन्छ ।’

    धेरै ठाउँमा बिजुलीका खम्बा र रूखहरू ढलेका विवरण प्राप्त भएका छन् भने आँधीले थुप्रै घरमा क्षति पुर्‍याएको छ । मिजुरी, ओक्लोहोमा र आर्कन्सामा पनि आँधीले सम्पत्तिमा क्षति पुर्‍याएको छ । आँधीबाट प्रभावित मानिसहरूलाई सुरक्षित स्थानमा आश्रय लिन तथा डुबानमा परेका सडकहरूमा ननिस्कन आह्वान गरिएको छ । बीबीसी

    यसमा तपाइको मत

    Facebook Comment