Warning: Error while sending QUERY packet. PID=1203 in /home/onlinesamaya/public_html/wp-includes/wp-db.php on line 2007
Onlinesamaya.com | Nepal News Portal, Business, Hot News, Interview, Opinions, Politics, Science, Technology, Social, Media, Sports, Youth, Model Watch, Movies
  • +977 1 4410478

  • info@onlinesamaya.com

  • देश, शिक्षा तथा संस्कृति

    अष्ट्रेलियन एजुकेसन इन्फर्मेसन सेन्टरको अष्ट्रेलियन राजदुत पिटरद्वारा उद्घाटन

     181 Views यज्ञराज उपाध्याय
    अष्ट्रेलियन एजुकेसन इन्फर्मेसन सेन्टरको अष्ट्रेलियन राजदुत पिटरद्वारा उद्घाटन

    काठमाडौं । अष्ट्रेलियन एजुकेसन इन्फर्मेसन सेन्टर (AEIC) को एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । नायरले सञ्चालन गरेको अष्ट्रेलियन एजुकेसन इन्फर्मेसन सेन्टरको नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर वडले रिबन काटेर उद्घाटन गरेका थिए ।

    प्रमुख अतिथी समेत रहेका पिटरले AEIC को उद्घाटन गरेपश्चात कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको युगमा शिक्षा नै बहुउपयोगी कुरा भएको बताउदै अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्ने र गर्न चाहने नेपाली विद्यार्थीलाई कुनै कुरामा असहज नहुने बताए ।

    समारोहमा नायरका अध्यक्ष विज्ञान श्रेष्ठले अष्ट्रेलियन एजुकेसन इन्फर्मेसन सेन्टरको बारे र संस्थाको गतिविधिका बिषयमा प्रस्तुतीकरण दिएका थिए ।

    नायरका महासचिव उद्दव बहादुर खड्काले उपस्थितहरुलाई मन्तव्यमार्फत स्वागत गरेका थिए भने इक्यानका अध्यक्ष प्रकाश पाण्डेले अष्ट्रेलियाका विभिन्न ठाउँमा भएको आगलागीले आफुलाई दुखी बनाएको बताउदै यो विनाश छिट्टै अन्त्य होस भन्ने शुभकामना दिदै अष्ट्रेलियामा अध्ययनका लागि जान चाहने विद्यार्थीले AEIC मा आएर इन्फर्मेसन लिन समेत आग्रह गरे ।

    त्यस्तै समारोहमा आनाका अध्यक्ष डा. रामहरि अर्याल, आनाका पुर्व अध्यक्ष प्रोफेसर डा. दामोदर प्रसाद पोखरेलले मन्तव्य राख्दै AEIC को सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा इक्यान, फेक्यान, आना, नाक्की लगायत आइरिनका अध्यक्ष मनोज पराजुलीको उपस्थिति रहेको थियो भने उपस्थित बिशिस्ट अतिथिहरुलाई सम्मान समेत गरिएको थियो । AEIC का संयोजक एस. के श्रेष्ठले उक्त औपचारिक कार्यक्रमको समापन गर्दै उपस्थित प्रमुख अतिथि, अतिथिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

    यसमा तपाइको मत

    Facebook Comment