• +977 1 4410478

  • info@onlinesamaya.com

  • शिक्षा तथा संस्कृति

    प्रोफेसनल एजुकेसनद्वारा अध्ययनका लागि अष्ट्रेलिया जान लागेका विद्यार्थीलाई परामर्श

     94 Views यज्ञराज उपाध्याय
    प्रोफेसनल एजुकेसनद्वारा अध्ययनका लागि अष्ट्रेलिया जान लागेका विद्यार्थीलाई परामर्श

    काठमाडौं । शैक्षिक गन्तव्यमध्ये धेरै विद्यार्थीहरुको रोजाइमा पर्न सफल अष्ट्रेलिया विश्वका धेरै देशबाट अध्ययनका लागि विद्यार्थीहरु जाने राष्ट्र हो । अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा विभिन्न राष्ट्रका हजारौं विद्यार्थीहरु अध्ययनरत रहेको अवस्थामा नेपालका विद्यार्थीहरु समेत उक्त राष्ट्रको शैक्षिक गतिविधि प्रती निकै आकर्षित भएका छन् ।

    यसैलाई मध्यनजर गर्दै बिगत २६ वर्ष देखि विद्यार्थीलाई अध्ययनका लागि विश्वका विभिन्न विश्वविद्यालय तथा कलेजमा जानका लागि परामर्श दिदै आईरहेको प्रोफेसनल एजुकेसन कन्सलटेन्सीले अध्ययनका लागि अष्ट्रेलियाको भिसा पाईसकेका र भिसा पर्खेर बसेका विद्यार्थी तथा कुनै पनि भिसामा अष्ट्रेलिया जान चाहने व्यक्तिहरुलाई शुक्रबार प्री डिपार्चर इन्फर्मेसन सेसनको आयोजना गरेर परामर्श दिएको छ ।

    ‌प्रोफेसनल एजुकेसन कन्सलटेन्सीले अध्ययनको शिलशिलामा विद्यार्थीहरु अष्ट्रेलिया जाँदा त्यहाँ अपनाउनुपर्ने सावधानी, गर्न हुने र नहुने कुराहरुका बारेमा स्पष्ट पारिनुका साथै प्रोफेसनलका प्रतिनिधिहरुले आफ्नो अनुभवसहित महत्त्वपूर्ण कुराहरुका बारेमा विद्यार्थीलाई सुझाउनुभएको थियो ।

    अष्ट्रेलिया टिम लिडर पुर्णिमा शाक्यले अष्ट्रेलिया जानू अगाडी र उता गैसकेपछि विद्यार्थीले आफुले गर्नुपर्ने काम र अपनाउनुपर्ने केही सावधानीका बिषयमा विद्यार्थीहरुलाई स्पष्ट पार्दै अष्ट्रेलियामा केही नौलो कुरा सिकेर नेपालमै फर्कन समेत आग्रह गर्नुभएको थियो ।

    त्यस्तै प्रोफेसनलका कार्यक्रम संयोजक राजु सिंहले आफ्नो अनुभव सुनाउदै अष्ट्रेलियामा थुप्रै अवसरहरु पाइने भएकाले त्यसलाई नगुमाउन र बेकारका ठाउँमा आफ्नो समय बर्बाद नगर्न समेत आग्रह गर्नुभएको थियो ।

    प्रोफेसनलका कार्यकारी निर्देशक एस.के श्रेष्ठले अष्ट्रेलियामा धेरै कुराहरु सिक्न मिल्ने भएकाले विद्यार्थीले सुरुमा काममा भन्दा पनि पढाईमा ध्यान दिन आग्रह गर्दै त्यहाँको वातावरण, रहनसहन अनुसार चल्न र नयाँ कुराहरु सिकेर नेपालमै फर्कन अनुरोध गर्नुभएको थियो । वहाँले नेपालमा अहिले धेरै अवसरहरु भएको बताउदै बाहिर पढेर नेपालमा आएपछि धेरै कामहरु गर्न सजिलो हुने समेत बताउनुभएको थियो ।

    उक्त प्री डिपार्चर ब्रीफिङ कार्यक्रममा उपस्थित अभिभावक तथा विद्यार्थीहरुले आफ्नो जिज्ञासाहरु समाधान भएको कार्यक्रम युनिटलाई जानकारी गराउनुभएको थियो । यस्तो कार्यक्रम आयोजना गरेर पहिलोपटक विदेश अध्यानार्थ जान चाहने हामी जस्ता विद्यार्थीहरुलाई धेरै कुराहरुको जानकारी गराएकोमा विद्यार्थीहरुले प्रोफेसनल एजुकेसन कन्सलटेन्सीलाई धन्यवाद समेत दिनुभएको थियो ।

    यसमा तपाइको मत

    Facebook Comment