• +977 1 4410478

  • info@onlinesamaya.com

  • शिक्षा तथा संस्कृति

    प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको मिनि फेयर कार्यक्रम सम्पन्न

     98 Views यज्ञराज उपाध्याय
    प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको मिनि फेयर कार्यक्रम सम्पन्न

    काठमाडौं । शैक्षिक गन्तव्यमध्ये धेरै विद्यार्थीहरुको रोजाइमा पर्न सफल अष्ट्रेलिया विश्वका धेरै देशबाट अध्ययनका लागि विद्यार्थीहरु जाने राष्ट्र हो । अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा विभिन्न राष्ट्रका हजारौं विद्यार्थीहरु अध्ययनरत रहेको अवस्थामा नेपालका विद्यार्थीहरु समेत उक्त राष्ट्रको शैक्षिक गतिविधि प्रती निकै आकर्षित भएका छन् ।

    यसैलाई मध्यनजर गर्दै बिगत २६ वर्ष देखि विद्यार्थीलाई अध्ययनका लागि विश्वका विभिन्न विश्वविद्यालय तथा कलेजमा जानका लागि परामर्श दिदै आईरहेको प्रोफेसनल एजुकेसन कन्सलटेन्सीले शनिबार मिनि फेयर २०२० कार्यक्रमको आयोजना गरेर विद्यार्थीहरुलाई परामर्श दिएको छ ।

    फेयरमा अष्ट्रेलियाका La Trobe University, Western sydney University, International college of management sydney, Box Hill Institute, Navitas, Southern Cross University (sydney melbourne), Curtin University गरि सातवटा विश्वविद्यालय तथा कलेजहरुले विद्यार्थीहरुलाई त्यहाँको पढाइ, सेवासुविधा, छात्रवृत्ति र अवसरहरुका बारेमा स्पष्ट पार्दै उक्त विश्वविद्यालय तथा कलेजमा पढेपछि हुने फाइदाका बारेमा बताउनुभएको थियो ।

    प्रोफेसनलले आयोजना गरेको उक्त मिनि फेयरबाट विद्यार्थीहरुले धेरै कुराको जानकारी पाएको बताउनुभएको थियो । पहिलोपटक यस्तो इन्फर्मेसन पाउदा धेरै खुशी भएको बताउदै यसले अष्ट्रेलिया अध्यानार्थ जान चाहने जोकोहीलाई पनि सहज हुने धारणा राख्नुभएको थियो ।

    यसमा तपाइको मत

    Facebook Comment