• +977 1 4410478

  • info@onlinesamaya.com

  • मनोरन्जन

    अल्लु अर्जुनको ‘अला वैकुंठापुरमलो’ ले १० दिनमा कमायो २२० करोड

     69 Views
    अल्लु अर्जुनको ‘अला वैकुंठापुरमलो’ ले १० दिनमा कमायो २२० करोड

    एजेन्सी । साउथ फिल्मका सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘अला वैकुंठापुरमलो’ ले १० दिनमा २२० करोड कलेक्शन गरेको छ । गत जनवरी १२ मा रिलीज भएको फिल्मले सुरुको दिनदेखिनै एकदमै राम्रो कमाई गरेको थियो ।

    पहिलो दिनदेखि दशौं दिनसम्ममा फिल्मले बक्स अफिसमा शानदार कमाई गर्न सफल भएको छ । फिल्मले पहिलो दिन ११९ करोड कमाई गरेको थियो । यो कुल कमाई विश्वभरीको कलेक्शन हो ।

    पहिलो दिन महेश बाबुको फिल्म ‘सरिलेरु निक्केवारु’ रिलीज भएको थियो । जसले बक्सअफिसमा १० दिनमा २०० करोड कमाई गरेको छ । फिल्मको सफलतापछि अल्लुले आफ्ना दर्शकहरुलाई धन्यवाद दिँदै ट्विट गरेका छन् ।

    उनले एउटा तस्बिर सेयर गर्दै लेखेका छन्, ‘यो अनुहारमा आएको खुशी निकै सुन्दर छ । यो खुशी मनैभित्रबाट महसुस गरिरहेको छु । हामीलाई खुशी त्यतिबेला मिल्छ जतिबेला दिलभित्रबाट माया पाउँछौँ । तपाईंको माया र आशिर्वादको लागि धन्यवाद ।’

    यसमा तपाइको मत

    Facebook Comment