• +977 1 4410478

  • info@onlinesamaya.com

  • देश

    विद्यालय परिसरभित्र राखेका दुई बसमा आगलागी

     76 Views रासस
    विद्यालय परिसरभित्र राखेका दुई बसमा आगलागी

    काठमाडौं । हेटौँडा उपमहानगरपालका ५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल विद्यालयको परिसरभित्र रोकीराखिएको दुई बसमा शनिबार राति आगलागी भएको छ ।

    ना ७ ख ८७२८ र ना १ क ३२१८ नंको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्को आंशिक क्षति भएको जनाइएको छ । स्थानीयवासी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए । आगलागी आफैँ अथवा कसैले गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

    घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक अमर गजमेर र सुरेन्द्र श्रेष्ठसहितको टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    यसमा तपाइको मत

    Facebook Comment