• +977 1 4410478

  • info@onlinesamaya.com

  • देश

    ‘नाइट अफ आइडिया २०२०’ अन्तर्गत उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न

     25 Views
    ‘नाइट अफ आइडिया २०२०’ अन्तर्गत उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न

    काठमाडौं । बिइङ अलाइभ नाराका साथ यो वर्ष पनि `नाइट अफ आइडिया २०२०´ कार्यक्रमको आयोजना गरिएको छ । यसै साता आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस – जेभियर लेगर रहेका थिए ।

    उनको सम्बोधन संगै सुरु भएको कार्यक्रममा प्यानल डिस्कसनमार्फत देश देखि बिदेशसम्म चर्चा बटुल्न सफल र कडा संघर्षबाट आफ्नो छुट्टै छवि बनाएका व्यक्तिहरुले आफ्ना अनुभवहरु शेयर गर्दै आफ्नो बिगत, कठिनाइ र संघर्षका बारेमा उपस्थित व्यक्तित्वहरुलाई बताउदै उत्प्रेरित गरेका थिए । डिस्कसनमा डकुमेन्ट्री, फिल्म निर्माता आलोक तुलाधर, अभियन्ता एवं विश्लेषक बिन्दु भण्डारी, लुम्बिनी बुद्धिस्ट विश्वविद्यालयका शिक्षक स्वस्ती आर. कायस्थ, बौद्धिक व्यक्तित्व जगन्नाथ लामिछाने रहेका थिए । उनीहरुले संघर्षपछिको सफलता, सपना देख्ने र पूरा गर्ने सम्बन्धि आफ्ना कुराहरु राखेका थिए । युवाहरुले समाजमा केही गर्न सपना देख्नु पर्ने र त्यसै अनुसार अगाडी बढ्नुपर्ने तर्क उनीहरुको थियो ।

    अलाइन्स फ्रेन्सेस काठमाडौ फ्रान्सेली केन्द्रले आयोजना गरेको कार्यक्रममा बिड नलेज सेन्टर र इन्स्टिच्युट फ्रेन्सेसले सहयोग गरेका थिए । कार्यक्रममा फ्रान्सेली नागरिक र नेपाली युवायुवतीहरुको उपस्थिति रहेको थियो ।

    यसमा तपाइको मत

    Facebook Comment