• +977 1 4410478

  • info@onlinesamaya.com

  • देश

    ललितपुरको बखुण्डोलमा कवाडी गोदाममा आगलागी हुँदा दुई जना घाइते

     59 Views
    ललितपुरको बखुण्डोलमा कवाडी गोदाममा आगलागी हुँदा दुई जना घाइते

    ललितपुर । ललितपुरको बखुण्डोल हाइटको उत्तर कोरियाली दूतावास नजिकै कवाडी गोदाममा आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

    आज बिहान ११ बजेतिर लागेको आगोले नजिकैका घरहरुमा समेत असर गरेको बताइको छ । आगलागीमा घाइते भएकाहरुलाई ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

    अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भैरहेको छ ।

    यसमा तपाइको मत

    Facebook Comment