• +977 1 4410478

  • info@onlinesamaya.com

  • देश, शिक्षा तथा संस्कृति

    कान्जिरोवा नेशनल सेकेन्डरीसँग समाधान इन्जिनियरिङले स्टिम प्रोजेक्टको लागि सहकार्य गर्ने

     128 Views
    कान्जिरोवा नेशनल सेकेन्डरीसँग समाधान इन्जिनियरिङले स्टिम प्रोजेक्टको लागि सहकार्य गर्ने

    काठमाडौं । कान्जिरोवा नेशनल सेकेन्डरी स्कुलमा समाधान इन्जिनियरिङ प्राइभेट लिमिटेडले Knowledge Based Steam Education (KB STEAM) को काम गर्ने उद्देश्यका साथ स्कुलका शिक्षकहरूलाई स्टिम प्रोजेक्टका बारेमा बुझाउने कार्यक्रम सम्पन्न भएको छ ।

    समाधान इन्जिनियरिङ प्राइभेट लिमिटेडका सिईओ प्रोफेसर विकास नकर्मीले स्टिम प्रोजेक्टको आवश्यक, महत्व, फाइदा लगायतका बारेमा स्पष्ट पारेका हुन । स्टिमको इतिहास, अहिलेसम्मका उपलब्धि, विद्यार्थीहरुमा हुने रचनात्मक विकास र उमेर अनुसार कक्षागत प्रयोगात्मक अध्ययनका बारेमा समेत बताउदै उनले आफ्नो टिमको बारेमा र अहिलेसम्म आफुले गरेका कामहरुका बारेमा स्पष्ट पारे । प्रोफेसर नकर्मीले आफू यो प्रोजेक्टसहित कान्जिरोवासंग सहकार्य गर्न प्रतिबद्ध रहेको समेत बताए ।

    त्यस्तै कान्जिरोवा नेशनल सेकेन्डरी स्कुलका बोर्ड अफ डाइरेक्टर महेन्द्र खनालले यो स्टिम प्रोजेक्टले विद्यार्थी, अभिभावकलाई धेरै फाइदा गर्ने र यसमा विद्यार्थीको सहभागिता पनि राम्रो हुने बताउदै सावधान इन्जिनियरिङ प्राइभेट लिमिटेडसँग सहकार्य गर्न तयार रहेको बताए । उनले यस अगाडी पनि यस्तो प्रोजेक्ट लागू भएको तर त्यो त्यति उपलब्धिमुलक नभएकाले अब समाधान इन्जिनियरिङसँग उपलब्धि हासिल हुने गरेर सहकार्य गरिने बताए । साथै अन्य शिक्षकहरुले पनि यसको आवश्यकता रहेको औल्याउँदै अभिभावकले आफ्नो सन्तानलाई सिकाउने घोकन्ते शिक्षा प्रणालीभन्दा यो स्टिम प्रोजेक्ट राम्रो रहेको र अभिभावकलाई पनि यसका बारेमा बुझाउनुपर्ने बताए ।

    उक्त कार्यक्रमकै अवसरमा शिक्षकहरुले आफ्नो जिज्ञासा समेत राखेका थिए जसको जवाफ दिदै प्रोफेसर नकर्मीले उनीहरुमा कुनै भ्रम नरहने गरि बुझाएका थिए ।

    यसमा तपाइको मत

    Facebook Comment