• +977 1 4410478

  • info@onlinesamaya.com

  • देश

    भि.एस निकेतनमा आयोजित ट्यालेन्ट हन्ट २०२० सम्पन्न

     338 Views
    भि.एस निकेतनमा आयोजित ट्यालेन्ट हन्ट २०२० सम्पन्न

    काठमाडौं । भि.एस निकेतन सेकेन्डरी स्कुलको ट्यालेन्ट हन्ट २०२० प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ । भिएसएन इन्नोभ्याटर क्लबले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरुले आफुसंग भएका विविध प्रतिभा राखेका थिए । व्यवस्थापन संकाय र विज्ञान संकायका विद्यार्थीहरु सहभागीता रहेको कार्यक्रममा विद्यार्थीहरुले कमेडी गर्ने, गीत गाउने, नाच्ने, गजल, मुक्तक भन्ने लगायतका प्रतिभा प्रस्तुत गर्नुका साथै रमाईलो वातावरणको सिर्जना समेत गरेका थिए ।

    उक्त ट्यालेन्ट हन्ट २०२० बाट उत्कृष्ट प्रतिभाहरु छानेर प्रथम, द्वितीय र तृतीयको छनोट गरि उनीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

    स्कुलका प्रध्यानाध्यापक गोपाल सिंहको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ गायक एवं संगीतकार मदन गोपाल प्रमुख अतिथी रहेका थिए भने सहायक प्रध्यानाध्यापक रजित कुमार पण्डित, व्यवस्थापन संकाय संयोजक प्रेमलता श्रेष्ठ, विज्ञान संकाय संयोजक ज्योतिराज भण्डारी र निर्णायक रहेका थिए ।

    रचनात्मक कार्यक्रमहरुमार्फत धेरै कुराहरु सिक्न चाहने विद्यार्थीहरु स्कुलमा यस्तै यस्तै कार्यक्रम आयोजना गरिरहेका हुन्छन, जसबाट उनीहरु सैद्धान्तिक ज्ञान भन्दापनि व्यावहारिक ज्ञानमा अगाडी देखिन्छन । उनीहरुको सक्रियतामा स्कुल र शिक्षकहरुको समेत साथ रहेको छ । यस्ता कार्यक्रमबाट विद्यार्थीहरुभित्र लुकेको प्रतिभा प्रस्फुटन हुनुका साथै उनीहरुलाई उत्प्रेरित हुने वातावरण समेत मिलेको छ ।

    यसमा तपाइको मत

    Facebook Comment