• +977 1 4410478

  • info@onlinesamaya.com

  • देश

    ‘युनिभर्सिटी अफ इस्ट लण्डन’ को एजेन्ट मिट सम्पन्न

     44 Views
    ‘युनिभर्सिटी अफ इस्ट लण्डन’ को एजेन्ट मिट सम्पन्न

    काठमाडौं । शैक्षिक गन्तव्यहरुमध्ये धेरै विद्यार्थीहरु जाने उत्कृष्ट देशअन्तर्गत युके पनि एक हो । युकेको विभिन्न सहरहरु जस्तैः लण्डनमा अध्ययनकै शिलशिलामा लाखौं नेपाली विद्यार्थीहरु रहेका छन भने हजारौं विद्यार्थीहरु ब्रीटिस डिग्री लिनको लागि युके जाने गर्दछन । पछिल्लो समय युकेमा अध्ययनको शिलशिलामा जानका लागि विद्यार्थीहरु एकदमै इच्छुक रहेका । उक्त देशका युनिभर्सिटी, कलेजमा नेपालबाट जान चाहने विद्यार्थीहरुलाई परामर्शदाताको रुपमा थुप्रै कन्सनटेन्सीहरु रहेका छन जसमध्ये भरपर्दो र विद्यार्थीको रोजाइमा पर्न सफल छ, रियल ड्रीम एजुकेसन कन्सलटेन्सी सेन्टर प्राइभेट लिमिटेड । यो कन्सलटेन्सीले विद्यार्थी र युकेका विभिन्न युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष रुपमा कुराकानी गराउदछ र त्यहाँको पढाई, वातावरण लगायतका कुराहरुका बारेमा विद्यार्थीहरुलाई सजिलै बुझ्नमा मद्दत पुर्याउने गर्दछ ।

    रियल ड्रीम एजुकेसन कन्सलटेन्सीले आयोजना गरेको युनिभर्सिटी एजेन्ट मिट सम्पन्न भएको छ । जसमा युनिभर्सिटी अफ इस्ट लण्डनका प्रतिनिधिले एजेन्टहरुलाई आफ्नो युनिभर्सिटीको पढाई, सेवासुविधा, विद्यार्थीहरुको रोजाइ लगायतका बिषयमा प्रशिक्षण दिएका थिए । युनिभर्सिटी अफ इस्ट लण्डनमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुलाई युनिभर्सिटीले उपलब्ध गराएका बिषयहरु, सेवासुविधा, छात्रवृत्ति लगायतका बारेमा कुनै अन्यौलता नरहने गरि सजिलो माध्यमबाट बुझाउन आग्रह समेत गरेका थिए ।

    त्यस्तै उनीहरुले सो कार्यक्रमको अवसरमा विद्यार्थीहरुलाई आफू प्रती आकर्षित गर्न, उनीहरुलाई आफ्नो बारेमा सबै कुराहरु प्रष्ट पार्न, विद्यार्थीहरुका समस्याको समाधान गर्न एजेन्टहरुलाई सुझाएका थिए ।

    कार्यक्रममा युनिभर्सिटी अफ इस्ट लण्डन (UEL)का Head of international Daniel Cuffe, Senior Regional Manager Amol Varpe, Senior recruitment advisor south asia Pavel Bawa, युके एजुकेसन काउन्सिलका प्रमुख कृष्ण नाथ अतिथी रहेका थिए ।

    कार्यक्रममा आयोजकको तर्फबाट रियल ड्रीम एजुकेसन कन्सलटेन्सीका निर्देशक वसन्त नेपालले सबै एजेन्टहरुलाई आफुसँग सहकार्य गरेर अगाडी बढ्न अनुरोध गर्दै रियल ड्रीम एजुकेसनको शाखा युकेमा समेत रहेकाले त्यहाँ आउने विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमै सहयोग गर्न सक्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रियल ड्रीम एजुकेसन कन्सलटेन्सीका कार्यकारी निर्देशक गोपाल शर्माले कार्यक्रमको समापन गरेका थिए ।

    यसमा तपाइको मत

    Facebook Comment