• Uncategorized, कला/साहित्य, विचार, शिक्षा तथा संस्कृति, समाज

    बानेश्वर क्याम्पसको २८ औं वार्षिकोत्सव भव्यतापुर्वक सम्पन्न

     44 Views
    बानेश्वर क्याम्पसको २८ औं वार्षिकोत्सव भव्यतापुर्वक सम्पन्न

    फागुन-८, काठमाडौं । वानेश्वर क्याम्पसले २८ औँ वार्षिकोत्सव कार्यक्रम संघिय संसदका सम्माननीय सभामुख कृष्ण बहादुर महराको प्रमुख आतिथ्यता एवं प्रदेश सभाका माननीय सांसद गणेश प्रसाद दुलाल, माननीय सांसद दिपेन्द्र श्रेष्ठ, सरोकारवाला निकायका प्रतिनिधिहरु , अभिभावक, विद्यार्थी, स्थानिय वडा प्रतिनिधि लगायतका महानुभावहरुको उपस्थितिमा भव्यतापुर्वक सम्पन्न गरेको छ ।

    उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रमका अलावा वर्ष भरि उत्कृष्ट कार्य सम्पादन गर्ने प्राध्यापक कर्मचारीलाई विभिन्न सम्मानले विभुषित गरि प्रशंसा पत्र समेत प्रदान गरिएको थियो । उत्कृष्ट प्राध्यापक श्रीमती रचना राज कर्णिकार व्यवस्थापन,श्री परशुराम भट्टराई शिक्षा तथा प्रा.डा.विष्णु सापकोटा मानविकी संकायबाट जनही रु ५०००/- नगद र प्रशंसा पत्रले सम्मान गरिएको थियो । त्यसैगरी प्रोत्साहन पुरस्कारमा प्राध्यापक ध्रुव कुमार न्यौपाने,  सह-प्राध्यापक डा. बिष्णु राई  र उप-प्राध्यापक श्री जिवन नेपाल लाई जनही रु ४०००/- पुस्तकालय अधिकृत- श्री ऋषिकेश पौडेललाई रु ३५००/- र कर्मचारी मधुकर पाण्डेलाई रु ३०००/- नगद सहित सम्मान गरिएको थियो ।

    क्षात्र क्षात्राहरुमा अस्मिता अधिकारीले क्याम्पसको उत्कृष्ट ईपिएस पुरस्कार सहित मानविकी उत्कृष्ट हुँदै नगद ५०००/-र २५०० का साथै प्रमाण पत्रले पुरस्कृत भइन । व्यवस्थापन संकाय बाट क्षात्र बिमल पौडेलले रु २५००/- का साथै प्रमाण पत्र र उत्तरादेवी क्षात्रवृत्ती मानविकी बाटै दिपा थापाले नगद रु ५००० सहित पुरस्कृत भइन । स्नातक संकायबाट गेहेन्द्रनाथ अधिकारी पुरस्कारबाट श्री शिव देवकोटा रु ५०००/- नगद सहित प्रमाण पत्रले सुशोभित भए । त्यसै गरी खेलकुदका विभिन्न विधामा प्रथम, द्धितिय र तृतिय हुने क्षात्र क्षात्राहरुलाई प्रमाण पत्र, मेडल र शिल्डले पुरस्कृत गरिएको थियो ।

    अध्ययन जिबन पर्यन्त रहन्छ भन्ने भनाईलाई चरितार्थ गर्दै ज्ञान तिर्खाको प्यास मेटाउनका लागि क्याम्पस भर्ना भएकी ६२ वर्षिय सुशिला खनाललाई पनि सोही अवसरमा स्वागत सहित दोसल्ला लगाएर सम्मान गरिएको थियो ।

    मन्तव्यका क्रममा विभिन्न विध्यार्थी संगठनका क्याम्पस प्रतिनिधिहरुले आ आफ्नो मन्तव्य राखेका थिए ।  नेवि संघ, अनेरास्ववियु, र अनेरास्ववियु क्रान्तिकारीले क्याम्पसको कार्यक्रमहरुमा सदैव सहयोगी भई अध्ययनमा लाग्ने बताए । त्यसै गरी स्थानिय प्रदेश सभाका  सांसद गणेश दुलालले क्याम्पसको प्रगतिमा सदैव साथ दिएको र अहिले पनि मोटो रकम क्याम्पस निर्माणमा छुटयाएर प्रगतिमा साथ दिएको बताउनु भयो । कार्यक्रमको स्वागत मन्तव्य क्याम्पस प्रमुख डा घमान सिंह खँडकाले गर्नुु भएको थियो भने संस्थापक क्याम्पस प्रमुख प्रा केदार न्यौपानेको सभापतित्वमा वार्षिकोत्सव सम्पन्न गरिएको थियो ।

     

    यसमा तपाइको मत

    Facebook Comment