• Uncategorized, राजनीति, विचार, समाचार

    शेखरलाई प्रतिस्पर्धि देख्दै देउवा

     41 Views
    शेखरलाई प्रतिस्पर्धि देख्दै देउवा

    फागुन-९, वीरगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सार्वजनिक मञ्चमै कोइराला परिवारमाथि खनिएका छन् । उनले नेता शेखर कोइरालाको नामै लिएर पार्टीमा के हैसियत छ भनेर प्रश्नसमेत गरेका छन् । महाधिवेशनकै झल्को दिने गरि देउवा कोइराला माथि यसरी खनिन थालेका हुन् ।

    पछिल्लो समय कोइराला परिवारका तीन सदस्य महामन्त्री शशांक र केन्द्रीय सदस्यद्वय शेखर र सुजाता कोइरालाले आफूहरु एक भएको र एक जना सभापतिमा लड्ने बताउँदै आएका छन् । शनिबार वीरगञ्जमा जीपी कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा तीनै जना उपस्थित थिए ।

    तीन कोइरालामध्ये नेता शेखरले सभापति देउवाको चर्को आलोचना गर्दै पार्टी राम्ररी संचालन गर्न नसकेको भनेर सार्वजनिक रुपमैँ आरोप लगाउने गरेका छन् ।

    बुधबार वीरगञ्जमा पर्सा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टी कोइराला परिवारको बपौती नभएको टिप्पणी गरेका छन् । सुरुमा उनले अनुशासन समिति बनाउने बताएका थिए । एकाएक कोइराला परिवारको प्रसंग ल्याउँदै ‘त्यो शेखर जथाभावी बोल्दै हिँड्ने ? के हैसियत छ ?’ भनेका छन् ।

    उनले आफूहरुले टाउको फुटाउँदा उहिले कोइराला परिवार भन्नेहरु कहाँ थिए भन्ने प्रश्न गरेका छन् । केही दिन अरुले पार्टी चलाउँदा कोइराला परिवारले जभाभावी बोल्न थालेको भन्दै उनले पार्टी कोइराला परिवारको बपौती हो ? भन्ने प्रश्न गरे । ।

    देउवाले जथाभावी बोल्दै हिड्नु पनि अनुशासनको उल्लंघन भएको भन्दै कारबाही गर्ने चेतावनी दिए ।

    यसमा तपाइको मत

    Facebook Comment