• घटना तथा अपराध, ताजा समाचार, समाज

    ललितपुरमा बम बिस्फोट : घाईते एक जनाको मृत्यु

     61 Views
    ललितपुरमा बम बिस्फोट : घाईते एक जनाको मृत्यु

    फागुन-११, कामाडौं । शुक्रबार राति ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा बम विष्फोट हुँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बिष्फोटमा घाइते सिंहप्रताप गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । गुरुङलाई सुरुमा अल्का अस्पतालमा उपचार गरिए पनि पछि मेडिसिटी लगिएको थियो ।

    बम बिष्फोट हुँदा गुरुङसहित प्रतिक्षा खड्का र अनुषा डंगोल घाइते भएका थिए । प्रतिक्षा र अनुषाको उपचार जारी छ । उनीहरुमध्ये एकजनाको अवस्था गम्भीर छ । विष्फोटमा सुरक्षा गार्डको भूमिका शंकास्पद देखिएकाले प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरेको छ । एनसेलको गेटमा राखिएको सिसिटिभी फुटेज हेर्दा सुरक्षा गार्डको भूमिका शंकास्पद देखिएको हो । घटना अनुसन्धानका लागि केही व्यक्तिहरुलाई नियन्त्रणमा समेत लिइएको प्रहरीले जनाएको छ ।

    यसमा तपाइको मत

    Facebook Comment