• स्वास्थ्य, स्वास्थ्य/जीवनशैली

    मानिसलाई किन आउछ पाद ? पाद गर्दा फाईदा या बेफाईदा के हुन्छ ? जानकारी लिनुहोस रोचकतथ्यहरु

     25 Views
    मानिसलाई किन आउछ पाद ? पाद गर्दा फाईदा या बेफाईदा के हुन्छ ? जानकारी लिनुहोस रोचकतथ्यहरु

    फागुन-१३, काठमाडौं संवाददाता । नाक तथा मुखबाट हावा लिँदा तथा छाड्दा कसैलाई मतलब हुँदैन । तर जब कसैले मलद्वारबाट हावा छोड्दछ तब यसले नजिकका मानिसलाई दिक्क पार्दछ र हावा छोड्नेलाई लज्जित बनाउँदछ । कहिलेकाहीँ अझ तिखो आवाज र नमिठो गन्ध सहित आउने यस्तो ग्यास समस्याको विषय नै बन्दछ । तर विज्ञहरुका अनुसार यसरी ग्यास छाड्नुमा लाज मान्नुपर्ने कुनै कारण छैन । यो त मानिसको पाचन प्रणाली स्वस्थ भएको संकेत हो ।

    पेटभित्र पाचन क्रियाको दौरान ग्यास उत्पन्न हुन्छ । त्यो ग्यास कहिले मुखबाट त कहिले मलद्धारबाट बाहिर निस्किन्छ । मलद्धारबाट निस्किने ग्यास सधै दुर्गन्धित तथा ठूलो आवाज सहितको हुँदैन । शोध अनुसार एक जना व्यक्तिले दिनमा औषतमा १४ पटक पाद्दछ । अधिकांश पटक कुनै आवाज विना नै ग्यास उत्सर्जन हुन्छ । यसरी छाडिने ग्यासमा कार्वनडाइअक्साइडको मात्रा बढि हुन्छ । यदि तपाइँले छाड्ने ग्यास तिखो गन्ध सहितको छ भने यसबाट बुझ्नुपर्छ की तपाइँले पर्याप्त फाइबर सहितको भोजन लिन पाउनुभएको छ र तपाइँको पेटमा पर्याप्त मात्रामा लाभदायक ब्याक्टेरिया छन् ।

    तर ग्यास निकै दुर्गन्धित छ र सहनै नसक्ने तरिकाले गन्हाउँछ भने चाहीँ यसले राम्रो संकेत गर्दैन । यसको अर्थ हुन्छ तपाइँको पाचन तन्त्र अस्वस्थ छ । यसरी ग्यास बढि गन्हाउनुको अर्थ कारण तपाइँले यस्ता चिजहरु खाइरहनुभएको छ जसले उच्च मात्रामा हाइड्रोजन सल्फाइड ग्यास उत्पन्न गरिरहेको छ ।शोधकर्ताका अनुसार खासगरी हाइड्रोजन सल्फाइड ग्यासका कारण मलद्वारबाट आउने ग्यासमा गन्ध आउँछ । शोधकर्ताका अनुसार केवल ग्यास छाड्नेलाई मात्र होइन ग्यास सुघ्नेलाई पनि फाइदा हुन्छ । पादमा मिसिएर आउने मिथेन ग्यास सुँघ्नाले मानिसमा विभिन्न खाले रोगको खतरा क मगर्दछ । डिमेन्सिया रोगका बिरामीलाई मिथेन ग्यासले निकै लाभ पूराउँदछ । त्यस्तै हाइड्रोजन सल्फाइड ग्यासले पनि डिमेन्सियाका बिरामीको सरिरमा लाभदायक इन्जाइम उत्पादन गर्न सहयोग पूराउँछ । यस्ता छन् पादबारे केहि रोचक तथ्य

    पेट भित्र रहेको अनावस्यक वायु मलद्वारबाट निष्कासन हुने एक दुर्गन्धित गन्धलाई पाद भनिन्छ । पाद्नु एक सामान्य प्राकृतिक कार्य हो जुन हरेक मान्छेमा हुन्छ । पेटको समस्या तथा ग्यास्ट्रिक भएको मान्छेलाई भने यसको ठुलो प्रभाब हुन्छ । आज हामीले त्यस्तै केहि पादको बारेमा खोज गरेर केहि तथ्य फेला परेको छौ ।

    १. एउटा व्यक्तिले दिनमा औसत १४ पटक पाद्दछ भने जीवनभरमा ४०२००० पटक पाद्दछ ।

    २. नुहाएको बेला पादेको पाद बढी दुर्गन्धित हुन्छ । यसमा ५९% नाइट्रोज़न, २१% हाइड्रोज़न, ९% कार्बनडाइअक्साइड, ७% मिथेन, ३% अक्सिजन तथा १% अन्य तत्वहरु मिसिएको हुन्छ ।

    ३. पादले हाम्रो ब्लड प्रेसरलाई कन्ट्रोल गर्छ ।

    ४. पाद रोक्नु स्वास्थ्यको लागि हानिकारक हो, किनभने पादमा रहेको ग्यास मस्तिस्कमा गई टाउको दुख्ने समस्या पनि उत्पन्न हुनसक्छ ।

    ५. ब्ल्यु व्हेल माछाले पादेको पादको बुलबुल यति ठुलो हुन्छ कि उक्त फोका भित्र एउटा सिंगै घोडा अट्दछ ।

    ६. पृथ्वीमा भएको सबै प्राणी मध्ये धमिराले धेरै पाद पाद्दछ ।

    ७. मध्य युगमा मानिसहरु आफ्नो पाद एउटा खालि भाँडामा पादेर भाँडालाई बन्द गरेर राख्थे, पछी त्यो पादलाई सुघ्यो हने आयु बढ्छ भन्ने अन्दबिश्वास थियो ।

    ८. अन्तरिक्षमा जाने अन्तरिक्षयात्रीहरुले पाद्न सक्दैनन्, किनभने अन्तरिक्षमा अन्तारिक्षयात्रिहरुको पेटमा पानि र ग्यासलाई अलग अलग गर्नको लागि गुरुत्वाकर्षण हुदैन ।

    ९. सिमिको तरकारी खाएको दिनमा पाद सबैभन्दा धेरै पटक आउछ ।

    १०. कुकुरले आफ्नो पाद्लाई देख्न सक्छ ।

    ११.पाद पादने बेलामा यसको तापक्रम ९८.६ डिग्री फरेनहाइट हुन्छ । पाद एक प्रज्वलनशील पदार्थ भएकोले पादेको बेला आगो बाले पाद बल्दछ । यस्तो कार्यले कहिले कहीं तपाइलाई चोट पनि पुराउन सक्छ ।

    १२. तपाइले पादेको पादको हावाले बलिरहेको मैनबत्ती सजिलैसंग निभाउन सक्छ, किनभने यसको स्पिड १० फिट प्रति सेकेन्ड हुन्छ ।

    १३. पाद्लाई बासनादार बनाउनको लागी दबाई पनि निर्माण भएको छ, फादर क्रिसमस भन्ने औषधि खानु भयो भने तपाइले पादेको पादमा चकलेट र गुलाबको बास्ना आउने गर्छ ।

    १४. नाइट्रोजन र कार्बनडाइअक्साइड बढी भएको पादमा गन्ध धेरै आउदैन तर त्यस्ता पादहरुको आवाज ठुलो हुन्छ ।

    १६. सन् २००९ मा अमेरिकाको फ्लोरिडामा १२ वर्षीय बिध्यार्थिलाई धेरै पादेको कारण गिरफ्तार गरिएको थियो ।

    १७. कहिले काँही पाद आएको हाम्रो मलद्वारको नशाले पाद र दिसा बीच अन्तर छुट्याउन नसके पादेको बेला थोरै दिसा पनि पाद संगै आउदछ ।

    १८. हाम्रो पादमा हुने १% हाइड्रोजन सल्फाईडले नै पादलाई दुर्गन्धित बनाउदछ ।

    १९. यदि कुनै व्यक्तिले ६ वर्ष ९ महिनासम्म लगातार पादिरहंछ भने त्यो पादको इनर्जी एउटा एटम बम जतिको हुन्छ ।

    २०. चिम्पान्जी धेरै ठुलो आवाज निकालेर पाद्दछ ।

    २१. तपाइलाई यदी पादै पादले भरिएको च्याम्बरमा थुनेर राखियो भने पनि उक्त पादको कारण तपाइको मृत्यु भने हुदैन ।

    २२. हवाईयात्रामा मानिसहरु धेरै पाद्दछ्न, पाद्को दुर्गन्ध कम गर्नको लागी चारकोल फिल्टरको प्रयोग गरिएको हुन्छ ।

    २३. मानिस मरेको ३ घण्टापछी पनि पाद भने आइरहेको हुन्छ ।

    २४. पृथ्वीमा रहेको सबै मानिसहरुले एक सालमा करिब 17,000,000,000,000,000 पटक पाद्दछ ।

    यसमा तपाइको मत

    Facebook Comment