• +977 1 4410478

  • info@onlinesamaya.com

  • देश, समाचार

    मलेसियामा अलपत्र नेपालीको उद्धार

     30 Views

    फागुन २९,काठमाडौँ (रासस) : मलेसियाका सिमोनिया, बुकिट जलिल र सेपांगमा अलपत्र परेका २३ जना नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासको प्रयासमा उद्धार गरिएको छ ।

    हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपांगस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरूलाई उद्धार गरिएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

    लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या उत्पन्न हुने वास्तविकतालाई दृष्टिगत गरी दूतावासले हवाई टिकट उपलब्ध गराएर यथाशीघ्र उद्धार गर्दै आएको छ । उक्त दूतावासले आज एक विज्ञप्ति जारी गरी अलपत्र परेका नेपालीलाई घर फिर्ता पठाउने अभियान निरन्तर जारी राख्ने बताएको छ ।

    यसमा तपाइको मत

    Facebook Comment