• Category: शेयर मार्केट

    कानून व्यवसायी परिषदद्वारा अधिवक्ता श्रेष्ठको निधनप्रति दुख व्यक्त

    २२ कात्तिक, काठमाडौं । नेपाल कानून व्यवसायी परिषदले वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको निधनप्रति दुख व्यक्त गरेको छ । परिषदले बिहीबार विज्ञप्ति जारी गरी श्रेष्ठले आधुनिक कानून व्यवसायको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको स्मरण गरेको छ । ‘कानून शिक्षा, कानून साहित्य तथा आधुनिक कानून व्यवसायको जग बसाउने कार्यमा उहाँको महत्वपूर्ण भूमिका रहेको छ’ परिषदका अध्यक्ष अग्निप्रसाद खरेलद्वारा […]

    एक महिनाभित्र तीन राप्रपाबीच एकता हुन्छ : लोहनी

    एक महिनाभित्र तीन राप्रपाबीच एकता हुन्छ : लोहनी

    २२ कात्तिक, काठमाडौं । एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीन राप्रपाबीचको एकताको काम ९० प्रतिशत सकिएको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले गरेको देउसी-भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले एक महिनाभित्र एकता हुनेसमेत खुलाए । ‘एकता एक महिनाभित्रै सम्पन्न हुन्छ । कार्यकर्ताको चर्को दबाब छ । त्यही भएर हामी अब […]

    भूकम्पले ध्वस्त जिरी बजारले लियो नयाँ स्वरुप

    १ कात्तिक , रामेछाप । २०७२ सालमा आएको विनासकारी भूकम्पको कारण ध्वस्त भएको सुन्दर पर्यटकीय नगरी जिरी बजारमा दुईवर्ष पछि फेरि चहलपहल देखिन लागेको छ । रामेछापसँग सीमा जोडिएको दोलखाको यो बजारले पुरानो स्वरुप बदल्दै नयाँ स्वरुपमा उठेको छ । भूकम्पले ध्वस्त भएको जिरी बजारमा घरदेखि सडकसम्म नयाँ संरचना बनेका छन् । बजार पुरै नयाँ […]

    पार्टीभित्रकै झगडाका कारण चुनाव हारियो : देउवा

    २२ कात्तिक, भक्तपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताएका छन् । दीपावली, नेपाल संवत् २०३९ तथा छठ पर्वको अवसरमा बिहीबार नेपाली काङ्ग्रेसले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले भने ‘नेपाली काङ्ग्रेसमा आपसी मेलमिलाप हुन नसक्दा र पार्टीभित्रको आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नुपर्‍यो, आन्तरिक झगडा नभएको भए […]

    आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

    आज भाइटीका,  ११ बजेर ५५ मिनेटको साइत

    २३ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने […]

    देउसी समूहको झडपमा नौ घाइते, १० पक्राउ

    २३ कात्तिक, बाँके, जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । झडपमा नौ जना घाइते भएका छन् । गए राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा सेवन गरेका दुई युवा समूहबीचको विवाद कुटाकुटमा परिणत भएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । घटनामा संलग्न १० […]

    चिनियाँ चमत्कार ! अब भर्चुअल रिडरले समाचार पढ्छ

    चिनियाँ चमत्कार ! अब भर्चुअल रिडरले समाचार पढ्छ

    हलो ! तपाईँ हेर्दै हुनुहुन्छ, इंग्लिस न्यूज प्रोग्राम टाइ सुट लगाएका अंग्रेजी बोल्ने एंकर आफ्नो पहिलो रिपोर्ट यसरी प्रस्तुत गर्दैछन् तर, उनी मानिस भने होइनन् । हो, चीनको सरकारी न्यूज एजेन्सी सिन्ह्वाले आफ्नो स्टुडियोमा जे गरिरहेको छ, त्यसमा धेरैलाई पत्यार नै लागिरहेको छैन । सिन्ह्वाले आफ्नो स्टुडियोमा एक यस्तो भर्चुअल न्यूज एंकरलाई उतारेको छ, जसले […]

    पूर्वराजा ज्ञानेन्द्रले लगाए भाइटीका

    पूर्वराजा ज्ञानेन्द्रले लगाए भाइटीका

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनीसँग भाइटीका लगाएका छन् । शाहले शुक्रबार विहान बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका हुन् । भाइटीका लगाउन बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा पुगेका थिए । उनले विहान ९ः३० को शुभसाइतमा भाइटीका लगाएका छन् । पूर्वराजा शाहले आफ्ना ज्योतिषले दिने टीकाको बेग्लै साइतमा टीका लगाउने गरेका छन् ।

    त्यो ‘असारे भिजिट’ अखबार पढेर थाहा पाइयो : प्रधानमन्त्री

    त्यो ‘असारे भिजिट’ अखबार पढेर थाहा पाइयो : प्रधानमन्त्री

    ११ भदौ, काठमाडौं । महेन्द्र संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले अघिल्लो महिना क्यानडा जान गरेको प्रयासलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी बजेट सिध्याउने ‘असारे भिजिट’ को संज्ञा दिएका छन् । सम्मानित सर्वोच्च अदालतबाट पनि यस्तै असारे भिजिट गरिएको आफूले अखबार पढेर थाहा पाएको प्रधानमन्त्री ओलीको भनाइ छ । उपकुलपति कोइरालासहित ७ जनाको टोली क्यानडा जान […]