इलाममा एमालेका उम्मेदवार नेम्बाङ ४ हजार ५२३ मतले अगाडि

अनलाइनसमय |
१७ वैशाख २०८१
इलाममा एमालेका उम्मेदवार नेम्बाङ ४ हजार ५२३ मतले अगाडि

काठमाडौं, १७ इलाम २ को मतगणना जारी छ । मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले ४ हजार ५२३ मतान्तरले अगाडि छन् ।

हालसम्म ३० हजार ५६३ मत गणना हुँदा नेम्बाङले १२ हजार ४०५ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ८८२ मत प्राप्त गरेका छन् ।

यसैगरि स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७ हजार ७६९ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १ हजार ६३६ मत ल्याएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस