प्रमुख प्रतिपक्षी दल कांग्रेसले गर्‍यो संसद अवरोध, १५ मिनेटका लागि बैठक स्थगित

अनलाइनसमय |
२८ वैशाख २०८१
प्रमुख प्रतिपक्षी दल कांग्रेसले गर्‍यो संसद अवरोध, १५ मिनेटका लागि बैठक स्थगित

काठमाडौं, २८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरूद्ध गरेको छ । बिहीबार (आज)बाट सुरू भएको बर्खे अधिवेशनको पहिलो बैठक नै कांग्रेसले अवरोध गरेको हो ।

बैठक सुरू हुने बित्तिकै नेपाली कांग्रेसका सांसदहरू आ–आफ्नो स्थानमा उभिएर संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरेका हुन् । उनीहरूले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहे÷नरहेकोबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गरेका छन् ।

अवरोधकै बीच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन खोजेका थिए । उनले पत्र पढेर सुनाउन खोजेपछि कांग्रेसका सांसदहरूले रोष्ट्रम घेराउ गरेका थिए ।

प्रतिपक्षी कांग्रेसले बैठक चल्न नदिएपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस