casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेपाल बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

अनलाइनसमय |
३१ वैशाख २०८१
नेपाल बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

काठमाडौं, ३१ वैशाख । नेपाल बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवका अवसरमा आज काठमाण्डौमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । काठमाण्डौको भद्रकालीबाट विहान ७ बजे शुरू भएको प्रभातफेरी ¥याली बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरहरू प्रदर्शन गर्दै सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटी मण्डपमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सबैको प्रयासमा सफलताका साथ अघि बढिरहेको बीमा बजारको भविष्य उज्ज्वल रहेको बताए ।

अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरूले न्यून आय भएका र विपन्न बर्गलाई लक्षित गरी गाउँ–गाउँमा सेवा विस्तार गर्नुपर्छ, नागरिकमा बीमा गर्ने बानी बसाल्न पहल गर्नुपर्छ,बीमा विश्वासिलो बजार हो, बीमा कम्पनीले कहिल्यै धोका दिँदैनन् भन्ने विश्वास स्थापित गर्नुपर्छ, कम्पनीहरूले आफूलाई परिमार्जन गरेर आफ्ना कामहरूका बारेमा आमरूपमा जानकारी गराउनुपर्छ ।’

बीमा कम्पनीका राम्रा काममा प्राधिकरणको सधैं साथ र समर्थन रहने उल्लेख गर्दै अध्यक्ष सिलवालले निर्देशिका,मार्गदर्शन जारी गर्नुभन्दा अघि बीमकहरूको सुझाव लिने गरेको बताए । उनले भने, ‘सरकारका नीति, रणनीति र पञ्च वर्षीय योजनामा बीमा प्रवद्र्धनका विषय समावेश हुनु आवश्यक छ, भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपहरूबाट सिर्जना हुने जोखिमविरूद्ध आर्थिक सुरक्षण गर्न पूर्वाधारहरूलगायत सबै सरकारी सम्पत्तिको बीमा गर्न सरकारबाट पहल हुने विश्वास छ ।’

नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका सदस्यक पिल देव ओलीले प्राधिकरण, बीमक लगायत सम्बद्ध सबैको प्रयासमा बीमा व्यवसाय व्यवस्थित, विकसित र समृद्ध हुँदै अगाडी बढिरहेको बताए ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले ग्रामीण क्षेत्रसम्म बीमा सेवा विस्तार गर्न तथा न्यून आय भएका र विपन्न बर्गलाई बीमाको दायरामा ल्याउन जोड दिनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले गरेका थिए ।

प्रभातफेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकलगायत कर्मचारहरूका साथै नेपाल बीमक संघ, नेपाल निर्जीवन बीमक संघ, बीमा सर्भेयर संघ र पेशागत बीमा अभिकर्ता संघका पदाधिकारीहरू, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघु बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसहित कर्मचारीहरूको सहभागिता रहेको थियो ।

पुरस्कार, प्रमाणपत्र, पदकतथा ट्रफी वितरण

नेपाल बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवका अवसरमा आयोजित खेलकूद प्रतियोगिता र बीमा सम्बन्धी निबन्ध प्रतियोगिताका विजयीहरूलाई आज पुरस्कार, प्रमाणपत्र, पदक र ट्रफी वितरण गरिएको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले प्राधिकरणका कर्मचारीहरूबीच भएको महिला र पुरूषतर्फका फूटबल प्रतियोगिताहरूमा विजयी खेलाडीहरूलाई पदकतथा ट्रफी वितरण गरे ।
अध्यक्ष सिलवालले सातवटै प्रदेशमा भएको बीमा सम्बन्धी निबन्ध प्रतियोगितामध्ये बागमती प्रदेशबाट प्रथम स्थान हासिल गरेका प्रतियोगीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।
अध्यक्ष सिलवालले प्राधिकरणमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दोसल्ला ओढाई सम्मान गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun