सहकारी प्रकरण: नेकपा एसद्वारा संसदीय छानबिन समिति बनाउन माग

अनलाइनसमय |
३ जेठ २०८१
सहकारी प्रकरण: नेकपा एसद्वारा संसदीय छानबिन समिति बनाउन माग

काठमाडौं, ३ जेठ । नेकपा एकीकृत समाजवादीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।

मंगलबार र बुधबार बसेको केन्द्रीय कमिटी बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारीको समग्र समस्या समाधान गर्न संसदीय छानबिन समितिको माग गरिएको जानकारी दिए ।

उनले भने,‘कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनराशी दुरुपयोग गरेर आर्थिक तथा वित्तीय अपराध गरेका दुखद घटना सार्वजनिक भइरहेका छन् । यस सन्दर्भमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ । यो बैठक समग्र समस्या समाधानका लागि छानविन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दछ ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस