नेविसंघको संसद्द भवन अगाडि प्रदर्शन

अनलाइनसमय |
४ जेठ २०८१
नेविसंघको संसद्द भवन अगाडि प्रदर्शन

काठमाडौं, ४ जेठ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

शुक्रबार दिउँसो काठमाडौंको बानेश्वरस्थित संसद् भवन अगाडि नेविसंघले प्रदर्शन गरेको हो । उनीहरूले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गरी सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘सहकारी ठगलाई कारबाही गर, गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै ?’ जस्ता नाराले प्रदर्शन गरेका छन् । त्यस्तै, निधारमा कालो पट्टी बाँधेर विरोध जनाएका थिए।

प्रदर्शन गर्ने नेविसंघका ११ जना नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस