गृहमन्त्रीलाई संसद्मा बोल्न दिनुपर्छ तर, छानबिन समितिबाट पछि हट्दैनौँ: राप्रपा

अनलाइनसमय |
४ जेठ २०८१
गृहमन्त्रीलाई संसद्मा बोल्न दिनुपर्छ तर, छानबिन समितिबाट पछि हट्दैनौँ: राप्रपा

काठमाडौं, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधि सभामा बोल्न दिनुपर्ने माग राखेको छ ।

श्ुक्रबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँ गगरेको छलफलको क्रममा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले यस्तो बताएका हुन् ।

यस्तै उनले गृहमन्त्रीले बोल्न पाउनुपर्छ भन्दा आफूहरू छानबिन समितिको मागबाट पछि नहटेको बताए । समग्र देशका सहकारीबाट पीडित भएकाहरूलाई न्याय दिइनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘छानबिन समिति बन्ने र गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने राप्रपाको माग छ । बोल्ने कुरामा चाहिं प्रतिबन्ध गर्नु हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस