सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

अनलाइनसमय |
४ जेठ २०८१
सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं, ४ जेठ । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार सरकारको सिफारिसमा शुक्रबार (आज) राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको छ ।

सभामुख भीमबहादुर भण्डारीले शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाएका थिए । तर दलहरूबीच सहमति नभएपछि आजको बैठक नबसी अधिवेशन अन्त्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस