प्रतिनिधि सभाको बैठक स्थगित, अर्काे बैठक जेठ १३ गते बस्ने

अनलाइनसमय |
११ जेठ २०८१
प्रतिनिधि सभाको बैठक स्थगित, अर्काे बैठक जेठ १३ गते बस्ने

काठमाडौं, ११ जेठ , प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गरी तय भएको शुक्रबारको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् ।

प्रमुख प्रतिपक्षीसहितका अन्य दलका सांसदहरूले बोल्ने समय माग गर्दै विरोध गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठकमा शून्य समय र विशेष समय हटाइएको जानकारी गराएका थिए ।

प्रतिपक्षीले बोल्ने समय पाउनुपर्ने अडान राखेपछि सभामुख घिमिरेले आजको बैठक स्थगित गर्दै अर्को बैठक जेठ १३ गते(आइतबार) ११ बजे बस्ने गरी स्थगित भएको घोषणा गरे ।

शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि दफावार छलफल कार्यक्रम रहेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस