काठमाडौं, ११ जेठ । सहकारी पीडितले आजदेखि पुनः आन्दोलन सुरु गरेका छन् । सरकारले पटक–पटक सम्झौता गरेर पनि माग सम्बोधन नगरेको भन्दै उनिहरु तेस्रो पटक आन्दोलनमा उत्रिएका हुन् ।
देशभरिका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा शुक्रबार काठमाडौंकोमा प्रदर्शन भएको छ ।
शुक्रबार माइतीघरबाट सुरु गरिएको ¥याली बिजुलीबजार पुगेर फेरि माइतीघरमै आइ कोणसभा गरेर रिले अनशन सुरु गरिएको छ ।
सरकारले आफूहरूसँग दुई पटकसम्म सम्झौता गरेको भए पनि सम्झौता कार्यान्वनय नभएपछि बाध्य भएर फेरि आन्दोलनमा उत्रनु परेको अभियानका अध्यक्ष कुशलभ केसीले बताए । आफूहरूको माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनले चेतावनी दिए ।
विभिन्न सहकारीबाट पीडित भएको सहकरीका बचकर्ताले सहकराीको अधयक्ष र सञ्चालकलाई कारबाही र बचत फिर्ताको माग सहित आन्दोलनमा सहभागी भएका छन् ।