काठमाडौं, १३, जेठ । चितवनस्थित मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो खस्दा स्काभेटर मेसिन अपरेटरको मृत्यु भएको छ । पहिरोका कारण स्काभेटर चालक ३८ वर्षीय मंगल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चौधरीको नाला खन्ने क्रममा पुल निर्माण कम्पनी एएनकेको मेसिनमाथि पहिरो खसेर मृत्यु भएको हो । मेसिनमाथि पहिरो खस्दा मेसिनमा समेत क्षति पुगेको छ ।
चौधरीलाई प्रहरीले उद्धार गरेर चितवन मेडिकल कलेजमा लगेको थियो । चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् ।