काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको व्यवहार निरंकुशताउन्मुख रहेको बताएका छन् । आइतबार काठमाडौंमा प्रेस युनिनयनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सत्ता गठजोडले देखाएको व्यवहार निरंकुशताउन्मुख र अनुदारवादी रहेको बताएका हुन् ।
उनले भने, ‘यो जुन खालको गठजोड छ, यो गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख छ, अनुदारवादी छ । यसले बिस्तारै बिस्तारै तपाईं हामीले प्राप्त गरेको उपलब्धि गुमाउनेछौँ । अहिले बोल्ने बेला आएको छ ।’
कार्यक्रममा महामन्त्री थापाले नेपाली कांग्रेसले अहिले लिएको संसदीय छानबिन समितिको अडान आम सर्वसाधारण नागरिकसँग जोडिएको बताए । उनले सरकारलाई झक्झक्याउने समय आएको बताए ।े प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र रहेकोले प्रेसलाई अंकुश लगाउने काम गर्न नहुने उनको भनाई थियो ।
यस्तै उनले प्रतिपक्षलाई संसदमा नियन्त्रण र बाहिर प्रश्नलाई नियन्त्रण गर्ने राम्रो नरहेको बताए । उनले भने, ‘प्रतिपक्षलाई संसदमा नियन्त्रण गर्ने, बाहिर प्रश्नलाई नियन्त्रण गर्ने । यो प्रयोग भइरहेको छ । मेरो बारेमा के लेख्यो भन्ने आधारमा मिडियालाई नियन्त्रण गर्न थाल्यो भने कहाँ पुग्छौँ हामी’,