चालु आवमा बजेट खर्च १५ खर्ब ३० अर्ब मात्रै हुने

अनलाइनसमय |
१५ जेठ २०८१
चालु आवमा बजेट खर्च १५ खर्ब ३० अर्ब मात्रै हुने

काठमाडौं, १५ जेठ । सरकारले चालु आर्थिक वर्ष (आव) २०८०÷८१ मा १५ खर्ब ३० अर्ब १५ करोड मात्रै बजेट खर्च हुने बताएको छ । मंगलबार संघीय संसदको संयुक्त सदनमा आगामी आव २०८१÷८२ को बजेट प्रस्तुत गर्दै बजेटको संशोधित खर्च अनुमान बताएका हुन् ।

अर्थमन्त्री पुनले सरकारले चालुतर्फ १० खर्ब ६७ अर्ब ४९ करोड रुपैयाँ खर्च हुने बताए त्यस्तै पूँजीगत तर्फ २ खर्ब १५ अर्ब ३० करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ४७ अर्ब ५५ करोड खर्च हुने संशोधित अनुमान रहेको उनले बताए ।

उक्त विनियोजनको स्रोतमा राजस्व १२ खर्ब ५३ अर्ब ५२ करोड संकलन हुने बताए । त्यस्तै पुनले अनुदान ३४ अर्ब ३४ करोड, वाह्य ऋण १ खर्ब ४५ अर्ब ४४ करोड र आन्तरिक ऋण २ खर्ब ४० अर्ब हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस