असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने

अनलाइनसमय |
१६ जेठ २०८१
असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने

काठमाडौं, १६ जेठ । आगामी असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने भएको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएका कारण असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोल्न लागिएको हो ।

उनले भने, ‘अहिले भारतीय लगायत पर्यटकहरूको आगमन पशुपतिनाथ दर्शनका लागि बढ्दै गएको छ । पर्यटकको चापलाई कम गर्न र सहज रूपमा दर्शन होस् भनेर कोषले असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्ने निर्णय गरेको छ ।’

प्रवक्ता अधिकारीका अनुसार पहिला शिवरात्रि, तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्ने गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस