राष्ट्रपति पौडेलको पहिलो विदेश भ्रमण तय

अनलाइनसमय |
१८ जेठ २०८१

काठमाडौं, १८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो विदेश भ्रमण तय भएको छ । मन्त्रीपरिषदको १७ जेठको बैठकले राष्ट्रपति पौडेलको पहिलो विदेश भ्रमण तय गरेको हो ।

पौडेल अगामी ३१ जेठमा राष्ट्रपति भएपछि पहिलोपटक विदेश भ्रमणका रुपमा स्वीट्जरल्याण्डको जेनेभा जाने भएका छन् ।

बैठकले राष्ट्रपति पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र सोपश्चात संघीय गणतन्त्र जर्मनीको भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै मन्त्रिपरिषदले नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढा मगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरेको छ । यस्तै ज्ञवालीलाई नायवमहान्यायाधिवक्ता, मगरलाई न्याय परिषद्को सचिव र पोखरेललाई सर्वोच्च अदालतको रजिष्ट्रार पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

साथै सरकारले तिलगङ्गा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृत दिने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस