सुनमा लगाइएको सिन्डिकेट र भन्सार वृद्धिविरुद्ध व्यवसायी सडकमा

अनलाइनसमय |
२० जेठ २०८१
सुनमा लगाइएको सिन्डिकेट र भन्सार वृद्धिविरुद्ध व्यवसायी सडकमा

काठमाडौं, २० जेठ । सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सार वृद्धिको विरोधमा प्रदर्शन गरेका छन् ।
संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आज सुनको सिन्डिकेट र सरकारले सार्वजनिक गरेको बजेटमा गरिएको भन्सार वृद्धिविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

सुनमा लगाएको सिन्डिकेट तुरुन्त खारेज गर, अव्यवहारिक सुनको भन्सार वृद्धि तुरुन्त खारेज गर, सुनचाँदी व्यवसाय तथा कालिगढमैत्री नीति–निर्देशिका, ऐन तुरुन्त लागू गर भन्ने नारासहित उनिहरु प्रदर्शनमा उत्रिएका छन् ।

अघिल्लो वर्ष राष्ट्र बैंकले दैनिक १० किलोग्राम (केजी) सम्म सुन आयात हुँदै आएकोना बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेको थियो । तर यसमा भन्सार वृद्धि हुँदा महँगो भन्सार परेको उनीहरुको भनाई छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस