गुल्मीमा जिप दुर्घटना, एक जनाको मृत्यु – ७ घाइते

अनलाइनसमय |
२१ जेठ २०८१
गुल्मीमा जिप दुर्घटना, एक जनाको मृत्यु – ७ घाइते

काठमाडौं, २१ जेठ । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । सोमबार बिहान कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ ओक्याङमा चन्द्रकोटबाट पुर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको जिप दुर्घटना भएको हो । जिपमा ८ जना सवार थिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलकाा अनुसार दुर्घटनामा परेर सत्यवती गाउँपालिका वडा नम्बर ८ भार्से निवासी ३२ वर्षकी कमला बुढाथोकीको मृत्यु भएकोे छ ।

दुर्घटनामा परेर २९ वर्षका केशव राना, ३७ वर्षकी रिता छन्तेल, ४ वर्षकी ईरिसा छन्तेल, २६ वर्षका अजय नेपाली, ७५ वर्षका टेकबहादुर काला, ४६ वर्षका दुरपति बराल र २३ वर्षका मेख बराल घाइते भएका छन् ।

घाइते ७ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई थप उपचारको लागि पाल्पा लगिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस