नागढुंगादेखि गल्छीसम्मको सडक यात्रा गर्न सम्माननीय र माननीयलाई सांसद बिना लामाको आग्रह

अनलाइनसमय |
२३ जेठ २०८१
नागढुंगादेखि गल्छीसम्मको सडक यात्रा गर्न सम्माननीय र माननीयलाई सांसद बिना लामाको आग्रह

काठमाडौं, २३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बिना लामाले नागढुंगादेखि गल्छीसम्मको सडकमा यात्रा गर्न सम्माननीय र माननीयलाई आग्रह गरेकी छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै राप्रपा सचेतकसमेत रहेकी लामाले नागढुंगा हुँदै गल्छिसम्म गाडीको सिसा खोलेर यात्रा गर्दा जनताको समस्या छर्लङ्गै देखिने बताइन् ।

उनले भनिन्,‘सम्माननीय र माननीयज्यूहरूलाई मेरो अनुरोध छ, नागढुंगादेखि बिना सुरक्षा र तामझाँमबिनै आफै गाडी चलाएर सीसा खोलेर यात्रा गरिदिनुस् । त्यहाँ जनताको समस्या छर्लङ्गै देखिनेछ।’

नागढुंगा–गल्छी सडक स्तरउन्नतीका काम भइरहेकोले पानी परेका बेला हिलो र घाम चर्केका बेला धुलो हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।
साथै उनले नागढुंगा–गल्छी सडकको विकल्पमा रहेको धार्के–भीमढुंगा–काठमाडौं सडक कालोपत्र गर्न समेत आग्रह गरेकी छन्। उनले भन्,ि ‘धार्केबाट भीमढुंगा हुँदै काठमाडौं छिर्ने बाटोमा चार सय किलोमिटर पिच हुन बाँकी छ । त्यो पिच गरियोस् ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस