काठमाडौं, २५ जेठ । मोरङको रंगेली नगरपालिकामा नगरप्रहरीमाथि आक्रमण र कार्यवाहक मेयर, प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको भन्दै विद्यार्थीहरूले विराटनगरमा प्रदर्शन गरेका छन् ।
शुक्रबार दिउँसो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले कोशी राजमार्गअन्तर्गत विराटनगरको रोडशेष चोकमायातायात अवरुद्ध गरेर पक्राउ परेकालाई छाड्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
बिहीबार दिउँसो रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि विद्यार्थीले आक्रमण गर्दा ४ जना नगरप्रहरी सामान्य घाइते भएका थिए ।
आक्रमण र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सदस्य सदस्य दीपक यादवसहित ६ जनालाई पक्राउ गरेको थियो।