आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज र भोली ३ घन्टा बन्द हुने

अनलाइनसमय |
२७ जेठ २०८१
आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज र भोली ३ घन्टा बन्द हुने

काठमाडौं, २७ जेठ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आइतबार र सोमबार दैनिक ३ घन्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय तनहुँका अनुसार आज बिहान १० बजेदेखि १ बजेसम्मका लागि राजमार्ग पूर्ण रुपमा बन्द गर्न लागिएको हो ।

सडक डिभिजन कार्यालय तनहुँका प्रमुख पशुपति ज्ञवालीका अनुसार आँबुखैरेनी गाउँपालिका–४ मा पर्ने सडकखण्डमा माथिबाट ढुंगा झर्ने जोखिम रहेकोले उक्त ढुंगा झार्न लागिएकोले बाटो बन्द गर्न लागिएको हो ।
केही दिनअघि आएको हावाहुरीले ढुंगा झरेर सडक अवरुद्ध बनाएपछि सडकका माथिल्लो भागमा रहेका जोखिमपूर्ण ढुंगा हटाउन लागिएको ज्ञवालीले बताए ।

पृथ्वीराजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्ड साँघुरो र जोखिमपूर्ण पनि छ । ‘सवारी चल्दा चल्दै ढुंगा खस्यो भने ठूलो दुर्घटना हुने सम्भावना छ । सडक साँघुरो भएकाले डाइभर्ट गर्न पनि मिल्दैन’, उनले भने ।

२ दिनभित्र सबै ढुंगाहटाएर बाटो नियमित खुलाउने तयारी भइरहेको उनले बताए । तत्कालका लागि उक्त सडकखण्डको कुनै वैकल्पिक बाटो नभएको ज्ञवालीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस