गण्डकीमा फ्लोर क्रस गरेका देवकोटा बने ऊर्जा मन्त्री, मनाङेलाई भौतिक पूर्वाधार

अनलाइनसमय |
२९ जेठ २०८१
गण्डकीमा फ्लोर क्रस गरेका देवकोटा बने ऊर्जा मन्त्री, मनाङेलाई भौतिक पूर्वाधार

काठमाडौं, २९ जेठ । गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ । नवनियुक्त मन्त्रीद्वय फणिन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक पूर्वाधार मन्त्री बनेका हुन् । देवकोटाले माओवादीको ह्वीप विपरित फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।

फणिन्द्र अहिले माओवादी कोटाबाटै संसदको सामाजिक विकास समिति सभापति छन् । माओवादी चुनाव चिह्नबाट चुनाव लडेर जितेका देवकोटाले आफू अलग्गै पार्टीको सांसद भएको बताउँदै आएका छन् ।

६० सदस्यीय प्रदेश सभामा जता ३० पुग्छ उतै बहुमत पुर्याउने बताउँदै आएका मनाङका स्वतन्त्र सांसद मनाङेलाई मुख्यमन्त्री पाण्डेले नै दोस्रो पटक भौतिक मन्त्री बनाएका हुन् । माओवादीले समर्थन फिर्ता लिएपछि सत्ता आफ्नो पक्षमा पार्ने रणनीतिकअनुसारै मनाङेलाई गत वैशाख ५ गते सुरेन्द्रराजले भौतिक भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी दिएका थिए । समग्रमा मनाङे गण्डकीमा छैटौं पठक मन्त्री भएका छन् ।

सर्वोच्च अदालतले ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएपछि नेपाली कांग्रेसका नेता पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस