मिडिया काउन्सिलको नाम ‘सञ्चार परिषद्’ राख्न प्रस्ताव

अनलाइनसमय |
४ असार २०८१
मिडिया काउन्सिलको नाम ‘सञ्चार परिषद्’ राख्न प्रस्ताव

काठमाडौं, ३ असार । मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्न सांसदहरूले प्रस्ताव गरेका छन् ।

राष्ट्रिय सभामा विचाराधीन मिडिया काउन्सिल सम्बन्धी विधेयकमा संशोधन प्रस्ताव राख्दै नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसाल, माओवादी केन्द्रका गोपीबहादुर अछामीसहित १३ जना सांसदले मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव गरेका हुन् ।

‘मिडिया काउन्सिल ऐन २०८०’ भन्ने शब्दहरूको सट्टा ‘सञ्चार परिषद् ऐन २०८१’ भन्ने शब्दहरू राख्ने’ सांसदहरूको संशोधन प्रस्ताव छ ।

उक्त विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले १२ वैशाख २०८१ मा राष्ट्रिय सभामा दर्ता गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस