केन्या सरकारले लियो कर वृद्धिको विधेयक फिर्ता, प्रदर्शनकारीसँग वार्ता गर्ने

अनलाइनसमय |
१४ असार २०८१
केन्या सरकारले लियो कर वृद्धिको विधेयक फिर्ता, प्रदर्शनकारीसँग वार्ता गर्ने

काठमाडौं, १३ असार । हिंसात्मक प्रदर्शन बढेपछि केन्या सरकारले कर वृद्धिको व्यवस्थासहितको विधेयक फिर्ता लिएको छ । केन्याका राष्ट्रपति विलियम रुतोले विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

केन्याका जनतालाई सम्बोधन गर्दै राष्ट्रपति रुतोले विधेयक प्रमाणीकरण नगर्ने घोषणा गरेका हुन् ।

विधेयक फिर्ताको माग गर्दै केन्यामा केही दिनयता विरोध प्रदर्शन हुँदै आएको थियो । संसदले कर वृद्धिको व्यवस्थासहितको विधेयक पास गरेलगत्तै प्रदर्शनकारीले संसदमा आगजनी गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिँदा गत मंगलबार २२ जनाको मृत्यु भएको थियो ।

स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरिएको थियो । प्रदर्शनकारीले राष्ट्रपतिको समेत राजीनामा मागेका थिए । प्रदर्शन झन् उग्र बन्दै गएपछि राष्ट्रपति रुतोले विधेयक फिर्ता लिएको घोषणा गरेका हुन् । साथै राष्ट्रपति रुतोले प्रदर्शनको प्रदर्शनकारीसँग वार्ता गर्ने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस