अभिलेख संरक्षण विधेयक प्रतिनिधिसभाबाट पारित

अनलाइनसमय |
१३ असार २०८१
अभिलेख संरक्षण विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं, १३ असार । प्रतिनिधिसभाबाट अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ पारित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव सभामुख देवराज घिमिरेले सर्वसम्मतले पारित भएको घोषणा गरेका हुन् ।

प्रतिनिधि सभाको अर्को बैठक असार १४ गते शुक्रबार बिहान ११ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस