काठमाडौं, १६ असार । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन स्थानीय तहलाई किस्ताबन्दीको सुविधा ल्याएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै ६० महिनासम्मको बक्यौता रकम किस्ताबन्दीमा बुझाउन पाउने सुविधा ल्याएको हो ।
प्राधिकरणका अनुसार किस्ताबन्दीमा शुल्क बुझाउन चाहने स्थानीय तहले सूचना जारी भएको ४५ दिनभित्र दिनुपर्नेछ ।
किस्ताबन्दी सुविधाका लागि सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरेर आवेदन दिन सूचनामार्फत प्राधिकरणले आग्रह गरेको छ ।
