भ्रष्टाचारका २५ वटा काण्डहरु छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी छ: गृहमन्त्री लामिछाने

अनलाइनसमय |
१८ असार २०८१
भ्रष्टाचारका २५ वटा काण्डहरु छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी छ: गृहमन्त्री लामिछाने

काठमाडौं, १७ असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा मौखिक प्रश्नोत्तर कार्यक्रमका क्रममा गृहमन्त्री लामिछानेले विभिन्न २५ वटा भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको बताएका हुन् ।

उनले भने, ‘कुनै पनि कालखण्डमा भएकामध्ये भ्रष्टाचारका २५ वटा काण्डहरुलाई छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको कुरा सम्मानित सदनमा गराइसकेको छु ।’

भ्रष्टाचारमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउने गरी सरकार अगाडि बढेको उनले बताए । उनले भने, ‘कोही पनि बेचैन हुनु पर्दैन। भ्रष्टाचारमा संलग्न जोसुकै मानिसहरु भए पनि त्यसमा निर्मम भएर कारबाही गरिन्छ । त्यो आँट, त्यो साहसका साथ हामी प्रस्तुत भएका छौं ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस