एमालेले पुनः माग्यो प्रधानमन्त्रीको राजिनामा

अनलाइनसमय |
२४ असार २०८१
एमालेले पुनः माग्यो प्रधानमन्त्रीको राजिनामा

काठमाडौं, २३ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पुनः राजीनामा दिएर बाटो खोलिदिन आग्रह गरेको छ ।

आइतबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परेको प्रचण्ड सरकारले विभिन्न निर्णय गर्न थालेको भन्दै बैठकले आपत्ति जनाएको बताए ।

उनले भने, ‘राजीनामा गरेर राष्ट्रिय सरकार निर्माणमा मार्ग प्रशस्त गर्न आग्रह गरेका छौं । अहिले सरकारले विभिन्न नर्णय गरिरहेको छ । अल्पमतमा परेको सरकारले निर्णय गर्न हैसियत राख्दैन ।’

यस्तै बर्तौलाले विश्वासको मत भन्दै प्रधानमन्त्रीले के बहानामा अल्झाइरहेको भन्दै प्रश्न गरे । ‘१० दिन, ७ दिन के निर्णय गर्न प्रधानमन्त्रीले देशलाई कुराउँदै हुनुन्छ ? के बहानामा के गर्न अल्झाइरहनुभएको छ ? यो अनुचित कार्य हो । एक दिनको समय पनि खेर नफाली राजीनामा दिनुपछ,बर्तौलाले भने ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस