Deprecated: File Theme without header.php is deprecated since version 3.0.0 with no alternative available. Please include a header.php template in your theme. in /home/u846431148/domains/onlinesamaya.com/public_html/wp-includes/functions.php on line 6260
असार २४ गतेदेखि सरकारी खाता रोक्का, चालू आवको बजेट भुक्तानी हुने भोली अन्तिम दिन – Onlinesamaya.com असार २४ गतेदेखि सरकारी खाता रोक्का, चालू आवको बजेट भुक्तानी हुने भोली अन्तिम दिन – Onlinesamaya.com

[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='single-above-news']
[gam_ad_position alias='single-above-news']

असार २४ गतेदेखि सरकारी खाता रोक्का, चालू आवको बजेट भुक्तानी हुने भोली अन्तिम दिन

अनलाइनसमय |
२३ असार २०८१
असार २४ गतेदेखि सरकारी खाता रोक्का, चालू आवको बजेट भुक्तानी हुने भोली अन्तिम दिन

काठमाडौं, २३ असार । असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार भोलि रातिदेखि बजेट भुक्तानी हुँदैन । ’संघ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द भएकाले भोलिसम्ममा चालु आर्थिक वर्ष २०८०–८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने पनि उनले बताए ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ । विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन । यद्यपि, अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने मलेनिकाको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा छ ।

[gam_ad_position alias='single-after-news']
[gam_ad_position alias='single-after-news']

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-comment']
[gam_ad_position alias='single-after-comment']

खोज्नुहोस