काठमाडौं, २४ असार । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुन कुन फाइल खोल्नु छ खोल्न सरकारलाई चुनौती दिएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा उनले केही मन्त्री र नेताहरूले धम्की दिएको भन्दै अहिले पनि प्रधानमन्त्री र मन्त्री रहेकोले ककसको फाइल खोल्नुपर्ने हो खोल्न चुनौती दिए ।
उनले भने, ‘मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ, जति दिन पदमा रहनुहुन्छ खोल्नुस् । ‘धम्की मात्र दिएर पुग्छ ? आज खोल्छु भनेको फाइल किन खोल्नुभएन ? भोलि नयाँ सरकार बनेपछि यो सूचना दिनुपर्छ ।’
यस्तै बर्तौलाले कांग्रेस र एमालेबीच भएको समझदारीबारे अपारदर्शी भनेर टिप्पणी भए पनि उक्त समझदारी पारदर्शी भएको दाबी गरे ।
उनले दुई दलबिचको समझदारी देशको सङ्कट मोचन गर्नका लागि भएको बताए ।