आजदेखि नौबिसे–मलेखु सडकखण्ड १५ दिनसम्म राति ५ घण्टा बन्द हुने

अनलाइनसमय |
२७ असार २०८१
आजदेखि नौबिसे–मलेखु सडकखण्ड १५ दिनसम्म राति ५ घण्टा बन्द हुने

काठमाडौं, २६ असार । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु सडकखण्ड आज (असार २६ गत)ेदेखि १५ दिनसम्म रातिको समयमा बन्द हुने भएको छ । नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै २६ असारदेखि ९ साउनसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने जनाएको छ ।

उक्त सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुलको संरचनामा काम गर्न सडक बन्द गर्नुपरेको आयोजनाले जनाएको छ ।

दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालल बताए ।

उनका अनुसार यस अवधिमा अत्यावश्यक सेवाका एम्बुलेन्स, सुरक्षा निकाय, दमकल लगायतका सवारी साधन भने चल्ने छन् ।

यो सडकको विकल्पमा गल्छी–बिदुर–छहरे–टोखा सडक प्रयोग गर्न नागढुंगा–मुग्लिङ सडक आयोजना र जिल्ला प्रहरी कार्यालय धादिङले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस